आज मलेसियामा ३६३१ जना नया बिरामि भेटिए, १४ जनाकाे निधन

everest kitchen

 

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण १४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ६१९ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३६३१ जना रहेकाे छ ।

मलेसियामा हालसम्म १ लाख ६५ हजार ३७१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज २९४४ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये १ लाख २५ हजार २८८ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल ३९ हजार ४६४ जनामा सक्रिय संक्रमण रहेको छ ।