बुधबार काठमाडौं उपत्यकाका यी स्थानमा विद्युत उपलब्ध नहुने

everest kitchen

 

काठमाडौं । उपत्यकाका विभिन्न ठाउँमा बुधबार पनि बिजुली जाने भएको छ । विदुत प्राधिकरणले जारी गरेको तालिकाअनुसार ललितपुरको बालकुमारी खन्ना गार्मेन्ट, हनुमन्ते करिडोर, नमस्ते पेट्रोल पम्प आसपासका क्षेत्रमा दिउँसो ३ देखि ४ बजेसम्म एक घण्टा बत्ती जानेछ ।

लुभु एकको फिडर अन्तर्गत पर्ने बालकुमारी खरिबोट नजिकै रहेको एशियन पेन्ट्स नेपालको ट्रान्सफरमर जलेकोले सो ट्रान्सफरम मर्मतको लागि सटडाउन गर्नुपर्ने भएकाले एक घण्टा बिजुली जाने प्राधिकरणले जनाएको छ ।

यस्तै काठमाडौंको सुकेधारा, चण्डोल, महाराजगंज, विशालनगर, चप्पल कारखाना, लोसाल आसपास एक बजेदेखि दुई बजेसम्म एक घण्टाको लागि विद्युत अवरुद्ध हुने प्राधिकरणको भनाइ छ ।