सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी हुन आग्रह

everest kitchen
photo file

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले छ हजार ७४३ वडामा आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गरेका छन् ।

उnले आज विज्ञप्तिमार्फत बिहीबार वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैमा अपिल गरेका हुन् । विघटनको कदमविरुद्ध काँग्रेसले गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा यही माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।