सप्तरीको राजबिराजमा जसपाको विशाल बिरोध सभा

everest kitchen

सुरेन्द्र महतो

राजबिराज। संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले आज सप्तरीको राजविराजमा विशाल शक्ति प्रदर्शन गरेको छ । राजविराजको विभिन्न भागमा जुलुस प्रदर्शन गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम राजविराजमा विरोध कार्यक्रम आयोजना गरिएको हो । उक्त सभामा जिल्लाको १८ ओटै स्थानीय तहबाट गाउँगाउँका जनसमुदायको सहभागिता रहेको थियो । चर्को नाराबाजी गर्दै सदरमुकाम राजविराज आईपुगेको विरोध जुलुस नगरको विभिन्न भाग परिक्रमा गरेको छ ।

सभामा करिब २० हजार भन्दा बढी जनसमुदायको सहभागिता रहेका कारण व्यवस्थापनमा प्रहरीलाई हम्महम्मे परेको थियो । जनमानसको सहभागिताले राज रङ्गशाला खचाखच भरेको थियो ।

प्रदर्शनमा जसपा अध्यक्ष उपेन्द्र यादव, बरिष्ट नेता राजेन्द्र महतो, नेतृ रेणु यादव, नेता मनिष सुमनलगायतका नेता कार्यकर्ता सहभागी छन् । प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध नाराबाजी गरेका हुन् ।