कोभिड-१९ नेपाल : शुक्रबार थप ३०२ जनामा संक्रमण

everest kitchen

 

काठमाडौं । नेपालमा शुक्रबार थप ३०२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १९ सय ८६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ४८० जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ६३ हजार ३४८ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै हाल ३६ सय १४ जना आइशोलेशनमा र १५८ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख ३५ हजार ३०१ वटा पिसिआर गरिएको स्वास्थय मन्त्रालयले जनाएको छ ।