शनिबार मलेसियामा आजसम्मकै सबैभन्दा बढि संक्रमित निकाे भए

everest kitchen

 

ऐजेन्सी । शनिबार मलेसियामा आजसम्मकै सबैभन्दा बढि संक्रमित निकाे भएका छन् । आज ४३१३ जना संक्रमण मुक्त भएका हुन ।

आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ६६७ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ४२७५ जना रहेकाे छ ।

मलेसियामा हालसम्म १ लाख ८० हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ४३१३ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये १ लाख ३७ हजार १९ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल ४२ हजार २६९ जनामा सक्रिय संक्रमण रहेको छ ।