रुकुमको त्रिवेणीमा फेला परेको प्रेशर कुकर बम सेना-प्रहरीद्वारा निष्क्रिय

everest kitchen
फोटो : जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम )
advertise

काठमाडौं । रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नं.६ मा शनिबार दिउसो फेला परेको प्रेशर कुकर बम डिस्फोज गरिएको छ । उक्त बम राप्ती राजमार्ग अन्तर्गत सिम्रुतु-खारानेटा सडक खण्ड स्थित बिसौनी भन्ने स्थानमा फेला परेको हो ।

करिब ५ लिटर प्रेशर कुकरमा निर्माण गरिएको उक्त बम रातो रंगको तारले वरीपरी जडान गरेको अवस्थामा स्थानीय प्रहरी चौकी सिम्रतुबाट खटिएको गस्ति टोलीले फेला पारी जिल्ला प्रहरी कार्यालयमा खबर गरे पश्चात् जिल्ला प्रहरी कार्यालय र नरसिंह दल गण सल्ले ब्यारेकबाट खटिएको डिस्पोजल टोलीले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले जनाएको छ ।

डिस्पोजल कार्यमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख प्र.ना.उ.ध्रुब कुमार श्रेष्ठको कमाण्डमा -७ जना र नरसिंह दल गण सल्ले ब्यारेकबाट सह सेनानी दिपेन्द्र बहादुर बुढाको कमाण्डमा ९ जनाको नेपाली सेनाको डिस्टोपोजल टोलि खटिएको थियो ।

घटना बारे थप अनुसन्धान भैरहेको कार्यालयले जनाएको छ ।