कोभिड संक्रमणबाट निधन हुनेको संख्या दुई हजार काट्यो

everest kitchen

काठमाडौँ। आइतबार थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६९ हजार ४५० पुगेको छ।

पछिल्लो २४ घण्टामा ४०३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६४ हजार १३७ पुगेको छ।

त्यस्तै, थप ७ जनाको मृत्यु भएसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार एक पुगेको छ।