गुम्बा शिलान्यास तथा सांस्कृतिक कार्यक्रम हुने

everest kitchen

काठमाडौं । मकवानपुरको राक्सिराङ-६ मा बृहत सांस्कृतिक , शुभकामना तथा आदानप्रदान तथा गुम्बा शिलान्यास कार्यक्रम हुने भएको छ । नेपाली राष्ट्रिय सांस्कृतिक पर्व मञ्जुश्री सम्वत २५५७ सोनाम ल्होसारको अवसरमा “मुल समारोह समिति तथा छ्यूसी बौद्ध गुम्बा समितिको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमलाई बागमती सभा सदस्य ओम बहादुर घलानले सम्बोधन गर्नेछन् । त्यस्तै कार्यक्रममा थुप्रै तामाङ कलाकारहरुले आफ्नो प्रस्तुति राख्ने आयोजकले जनाएको छ । कार्यक्रममा गायक मिलन लामा, गायिका बिमला थिङ, गायक अमिर लोप्चन, रबिन चेपाङ, बालिका तामाङ , उर्मिला प्रज्ञा, ईन्कार तामाङ , मौसम तामाङ लगायतलेको प्रस्तुति रहनेछ ।

कार्यक्रम आगामी फागुन ८ गते राक्सिराङ-६ सिमरगाउँ, जुन्तीडाँडामा हुनेछ