मलेसियामा आवागमन निषेधाज्ञा (एमसिओ) फेब्रुअरी ४ सम्म थपिएपनि नया बिरामि संख्या नघटेपछि अझै लम्बिने संभावना

everest kitchen

मलेसिया सरकारले आवागमन निषेधाज्ञा (एमसिओ) फेब्रुअरी ४ सम्म थपिएको घोषणा गरेको तीन दिन पछि नयाँ बिरामि संख्या नघटेपछि अझै लम्बाउने संभावना रहेको बताएको छ ।
मलेसिया सरकारका बरिष्ठ मन्त्री दातुक स्माइल सब्रिले यस अघि नै मलेसियाको सारावाक राज्य बाहेक सबै राज्यमा एमसिओ लागु गर्ने घोषणा गरिसकेका छन् ।
मलेसियामा फेब्रुअरी ४ तारिख पछि झनै कडाईका साथ एमसिओ लागु गर्ने र सम्पुर्ण ब्यापारिक स्थलहरु लगायत कम्पनीहरु, बिद्यालयहरु पनि बन्द गर्ने सरकारी तयारी रहेको समाचार बाहिरिएको थियो ।
मलेसियामा हाल एक जिल्लाबाट अर्को जिल्लामा आवत जावत गर्नको लागि विशेष पासको आवश्यकता पर्छ भने बिनाकाम बाहिर हिडडुल गर्न प्रतिबन्ध जस्तै छ भने कामैले बाहिर निस्कदा पनि एउटै परिवारको २ जना भन्दा बढि बाहिर निस्कन पाइदैन ।
एमसिओलाई कडाईका साथ लागु गराउन मलेसिया सरकारले ठाउँ ठाउँमा चेकपोष्ट, बिभिन्न ब्यापारिक स्थानको निरिक्षण दैनिक रुपमा गर्ने गरेको छ ।