चार मुक्तक : देबी बाँस्कोटा

everest kitchen

देबी बाँस्काेटा

मुक्तक १
फिरन्ते यो जिन्दगीको यात्रामा कहिलेकाही यस्ता सहयात्री भेटिन्छन्
छोटो अबधीको यात्रा स्मरणिय बनाउदै गन्तब्य सम्झनामा भेटिन्छन्
जस्लाई आफ्नै भनि न अँगाल्न सकिन्छ न पराई सम्झि फाल्न सकिन्छ
दिउसो देखेका सपनाहरु केहि पुरा भएपनि धेरैको गला रेटिन्छन् ।।

मुक्तक 2
यात्रा रहेछ जीन्दगी अबिरल बगीरहन्छ तिरमा
गन्तव्यमा नपुग्दै कति पटक अल्झीन्छ जन्जिरमा
कयाै कुकर्म गरेर पनि स्वर्गकाे बाटाे ताक्छ मान्छे
फूललाई पनि थाहा हुँदै घाटमा पुग्छ या मन्दिरमा ।।

मुक्तक ३
सगरमाथाझै उच्च मायाको आधार दिउला तिमीलाई
यो मौसम अनि सुन्दर फुलको बहार दिउला तिमीलाई
दुख,पीडा र आँसु सबै सधै मेरो भागमा राखौला
मेरो जीन्दगीको हर खुसी बारम्बार दिउला तिमीलाई ।।

मुक्तक ४
अागाे बिनाकाे ज्वालाले पनि दनदनी मन जल्दाे रहेछ
कसैकाे अाड,भराेसा बिना पनि खुशीकाे दियाे बल्दाे रहेछ
भन्नेले त दुई पाङ्ग्रा बिनाकाे रथ चल्दै चल्दैन भन्छन्
तर एउटै पाङ्ग्राकाे रथ पाे बिना अल्झन चल्दाे रहेछ !!

फालेलुङ्ग ७, पाँचथर
हाल: ललितपुर