स्वतन्त्रताको हरण गर्ने कार्य नगर : राष्ट्रिय मानवअधिकार आयोग

everest kitchen

 


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सोमबार बालुवाटारमा भएको नागरिक अधिकारकर्मीमाथि दमनको विरोध जनाएको छ ।

आयोगका सहायक प्रवक्ता लोकनाथ बास्तोलाले विज्ञप्ति जारी गर्दै नागरिकबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अधिक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरीतको कार्य भएको बताएका छन् । कुनै पनि बहानामा नागरिकहरुको मौलिक हक तथा स्वतन्त्रताको हरण गर्ने कार्य नगर्न, सभा सम्मेलन गर्ने र आफ्नो विचार राख्ने नागरिकको अधिकारको सम्मान गर्न सरकारलाई आयोगले आग्रह गरेको छ ।

सोमबार काठमाडौंको बालुवाटारमा नागरिक आन्दोलनका सहभागीहरुमाथि प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गर्दा १२ जना भन्दा धेरै घाइते भएका थिए ।