मनोहरा करिडोर निर्माण सम्पन्न

everest kitchen
file photo

काठमाडौँ।कोटेश्वर–जडीबुटी सडकको सवारी चाप कम गर्ने विकल्पका रूपमा रहेको मनोहरा करिडोर निर्माण सम्पन्न भएको छ । बालकुमारी पुलबाट मनोहरा किनारै किनार लोकन्थली र नरेफाँट जोड्ने बेलिब्रिजसम्मको सडक कालोपत्र भएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।

डिभिजन प्रमुख कुवेर नेपालिका अनुसार डिभिजनअन्तर्गत ‘क्रोनिक’ ठेक्काका रूपमा रहेको यो ठेक्का सम्पन्न हुँदा ललितपुरबाट भक्तपुरतर्फ जाने सवारी साधन कोटेश्वर–जडीबुटी नगएर सिधै बालकुमारीबाट लोकन्थली जान सक्नेछन् । यो करिडार निर्माण शुरु भएको आठ वर्षपछि सम्पन्न भएको हो।

करिडोरको सडक निर्माण सम्पन्न भए पनि धेरैलाई जानकारी नभएको उनले बताए । उनले भने, “धेरैलाई जानकारी भएपछि र करिडोर प्रयोग बढेपछि कोटेश्वर–जडीबुटी सडकको जाम कम हुनेछ ।

कोटेश्वर–जडीबुटी सडकको चाप कम गर्न मनोहरा करिडोर नै बेलिब्रिजबाट लोकन्थली पुलमुनि हुँदै पेप्सीकोलासम्म करिडोर निर्माणको योजना बनाइएको छ । आगामी आवमा पेप्सीकोला टाउनप्लानिङसम्म करिडोर निर्माण भएपछि सो खण्डको चाप अझै घट्ने अपेक्षा गरिएको छ ।