शुक्रबार नेकपाका दुई समुहसंग निर्वाचन आयोगले छलफल गर्ने

everest kitchen

 


काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई वटै समूहलाई छलफलमा बोलाएको छ।
नेकपाका दुई वटै समूहलाई छलफलका लागि बोलाइएको हो।

अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधिसहित, ‘शुक्रबार बिहान साढे ११ बजे छलफल आउन आयोगले भनेको छ ।’शुक्रबार नेकपाका दुई समूहसँग आयोगले मुख्य गरी ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र आयोगले निर्वाचन सम्बन्धी हालसम्म गरेका तयारीबारे जानकारी दिने विषयमा छलफल हुने बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड-नेपाल गरी दुई वटा समूहमा विभाजन भएको छ । यी दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका छन्। यधपी आयोगले दुबै समूहमध्ये कसलाई पनि आधिकारिकता दिएको छैन ।