बुटवलमा नेकपा प्रचण्ड-माधव समुहको बिशाल जनसहभा

everest kitchen

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको राजनीतिलाई सहि बाटोमा ल्याएर दुई वर्षभित्र नेपाललाई विकासको मार्गमा डोर्‍याउने घोषणा गरेका छन् । बुटवलमा बिहीबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले सो घोषणा गरेका हुन् ।

उनले भने,‘अब हामीले ओलीको निरंकुशताको छिट्टै अन्त्य गर्दैछौं, अब केहि महिनाभित्रै ओलीको स्वेच्छाचारिता अन्त्य गर्छौं । अब हामी विकास र समृद्धिको नयाँ योजना लिएर आउँदैछौं । अब हामी नयाँ युगतर्फ देशलाई लैजानेछौं ।

’अब केहि महिनाभित्र अब केपी ओलीको स्वेच्छारिता अन्त्य हुने उनको भनाई छ । उनले आफैले प्रस्ताव गरेको प्रधानमन्त्री नै निरंकुश बन्दा यो संकट आइपरेको उनको भनाइ छ । ‘तर सबैभन्दा ठूलो अदालत तपाईंहरु जनताको जनअदालत हो, यसको फैसला सबैभन्दा ठूलो हो,’ उनले भने ।

त्यस्तै , नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले ओलीमा गतिलो संस्कार नभएको टिप्पणी गरेका छन् । १५ वर्ष अघि लोकतान्त्रिक आन्दोलनमा ओली सहभागी नभएको बताउँदै नेपालले बैशाखमा चुनाव गर्ने ओलीको दाबी विफल हुने बताए । ‘केपी ओलीले न्यायपूर्ण आन्दोलनको अगुवा गर्नु भएको छैन, उहाँमा पछाडि बसेर अरुको बदख्वाँई गर्ने बानी परेको छ,’ नेपालले भने ।