अर्जुन विकलाई धरौटीमा छुटे

everest kitchen
photo file

काठमाडौं। अर्जुन विकलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । अपहरण तथा शरीर बन्धक गरी बालिकमाथि जबरजस्तीकरणी गरेको अभियोगमा अदालतले ५० हजार धरौटी लिएर छाड्न आदेश दिएको हो ।

घोडाघोडी नगरपालिका-२, सानेपानी घर भएका अर्जुनलाई आफ्नै पत्नीलाई जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका उनि धरौटी बुझाएर छुटिको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी प्रतिक विष्टले बताए ।

विकलाइ गत ३० साउनमा काठमाडौंको देवीनगरस्थित डेरामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो। उनलाई काठमाडौंको तिनकुने क्षेत्रबाट केहि दिन अघि पक्राउ गरियको थियो।

ती बालिकालाई उनले आफ्नो श्रीमती बताउने गरेका थिए । तर, कानुनतः १८ वर्ष भन्दा मुनि सहमितमै शारीरिक सम्पर्क गरेमा पनि जबरजस्ती करणी मानिने भएकाले उनीविरुद्ध मुद्दा परेको थियो ।

२ बर्षको बच्चा बोकेर रिक्सा चलाउन लागेको फोटो भाइरल भएका उनले बच्चा जन्माएको केहि महिनामा आफ्नो श्रीमती अरुसँगै पोइला गएको भन्दै उनले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता समेत दिएका थिए।