कोकिला चौधरीका चार मुक्तक

everest kitchen

कोकिला चौधरीका

मुक्तक१
फर्किन्छु स्वदेश भन्दा भन्दै बिते कैयौं बर्ष
आफन्तसँग टाढिएर बस्नुपर्दा छैन मनमा हर्ष
छोरो अझै फर्केन भनी दुखी नहुनु है आमा
पछि सुखसँग बसौला भनी गर्दैछु अहिले संघर्ष ।।

मुक्तक२
छिया छिया भएको यो मन सिउने कसरी
अनिकालको यो भुमरीमा जिउने कसरी
दु:ख पिडा भुलाउन अलि अलि खाउ भने
आफुसँग एक सुको छैन पिउने कसरी ।।।

मुक्तक३
शक्ति प्रदर्शनको लागि यहाँ जुट हुन्छ
हिसाब नमिलेमा फेरि यहाँ फुट हुन्छ
त्यति मात्र कहाँ हो र हजुर कुर्सी पाए
पुस्तौनी सुखको लागि यहाँ त लुट हुन्छ।।।

मुक्तक४
देश ध्वस्त पार्ने भ्रष्टहरुको ताँती छ यहाँ
जानि जानी नगर्ने कामको थाती छ यहाँ
देशको उन्नती र समृद्धिको लागि नभएर
कुर्सिको लागि मात्र लडाइँ गर्नेको राजनिती छ यहाँ ।।।