नेपाली राजदुतावास मलेसिया शुक्रबार बन्द रहने

everest kitchen

काठमाडौं । नेपाली राजदुतावास मलेसिया भोलि शुक्रबार बन्द रहने भएको छ । दुतावासले बिहिवार एक सुचना जारी गर्दै जनवरी २९ गते शुक्रबार दुतावासका सेवाहरु बन्द रहने जानकारी दिएको हो ।

मलेसियाको राजधानी क्वालालम्पुर तथा वरिपरिका क्षेत्रहरुमा बढिरहेको कोभिड संक्रमित संख्या बढिरहेकोले सुरक्षा सतर्कताको तयारी गर्ने कार्यको लागि दुतावासका सेवा बन्द रहने दुतावासले जनाएको छ ।

“क्वालालम्पुर तथा वरिपरिका क्षेत्रहरुमा बढिरहेको कोभिड संक्रमित संख्या र दूतावासमा आउने सेवाग्राहीहरुको सुरक्षा समेतलाइ मध्यनजर गर्दै कोभिड सम्बन्धी आवश्यक सरसफाइका निम्ति भोलि २०७७/ १०/१६ गते शुक्रबारका दिन राजदूतावास बन्द रहने व्यहोरा अनुरोध छ । यसबाट पर्न गएको असुविधाको लागि क्षमाप्रार्थी छौ । ,” सुचनामा भनिएको छ ।

हालसम्म मलेसियामा १ लाख ९८ हजार २०८ जनामा संक्रमण देखिएको छ भने १ लाख २९९ जनाले स्वास्थ्य लाभ लिएका छन् । जम्मा ७१७ जनाको निधन भएको छ ।

मलेसियामा हाल आवागमन नियन्त्रण आदेश (एमसिओ) पुनः  लागु गरिएको छ ।