तपाईंले कमलपोखरीमा गरेका कामको विवरण पठाउनुस् भन्दै गगनलाई विद्यासुन्दरको पत्र

everest kitchen


काठमाडौं। काठमाडौं ममानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तत्कालीन संघीय सांसद गगन कुमार थापालाई समेत पत्र लेखी कमलपोखरीको विकास तथा सुधारका लागि उनले गरेका कार्यको विवरण उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेका छन् ।

‘कमल पोखरी पुर्नर्निमाणका सन्दर्भमा तपाईँबाट प्रेषित काठमाडौँ महानगरपालिकाको प्रमुखलाई सम्बोधन गरिएको मिति २०७७/०९/२६को पत्र प्राप्त भयो,’ पत्रमा भनिएको छ, ‘सम्वत् २०७६ असारबाट निर्माण प्रारम्भ भएको कमलपोखरीको डिजाइन तपाईंसमेतसँग पटक-पटक भएको छलफल तथा अन्तरक्रियाबाट अन्तिम भई कार्यान्वयनमा आएको प्रष्ट छ । पोखरीको विकास तथा सुधारमा तपाईंबाट समेत विगतमा धेरै कार्यहरु गरिएको भन्ने छलफलका क्रममा तपाईँबाट नै अभिव्यक्त भएको थियो । तपाईंको पहलबाट विगतमा कमलपोखरी परिसरमा भएका विकास तथा सुधारका कार्यहरुको विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध छ,’ पत्रमा भनिएको छ।

‘कमलपोखरीको विकास तथा सुधारका लागि माननीय गगन कुमार थापाले विगतमा गरेका कार्यको विवरण उपलब्ध गराई सहयोग गर्न उनलाई पत्र पठाएको र थापाले सबै विवरण पठाई सहयोग गरे लगत्तै कमलपोखरी पुनर्निर्माणबारे सकेसम्म कमलपोखरीमै पत्रकार सम्मेलन गर्ने तयारीमा रहेको मेयर शाख्याले बताए ।’

त्यस्तै , काठमाडौं महानगरपालिकाले पुरातत्व विभागलाइ पनि पत्र पठाएको छ। काठमाडौं महानगरपालिका र वडा नम्बर-१ काठमाडौं महानगरपालिकाको नाममा लेखेको पत्र संख्या ०७७/०७८ चलानी नम्बर ७९९ को पत्र प्राप्त गर्नु अघि नै विभिन्न अनलाइनमार्फत सार्वजनिक भएको भन्दै विभागलाई महानगरपालिकाले ध्यानाकर्षण गराएको छ ।