असनको अन्नपूर्ण नारायण मन्दिरमा महिला पुजारी

everest kitchen
photo file

काठमाडौँ। गुठी संस्थान काठमाडौँ शाखा कार्यालयले काठमाडौँ महानगरपालिका–२७ असनस्थित अन्नपूर्ण नारायण मन्दिरको पुजारीमा महिला नियुक्त गरेको छ । शाखाले बिहीबार सहनशीला झालाई नियुक्त गरेको हो।

झा पहिलो महिला पुजारी भने नभएको कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले बताए । यसअघि ललितपुरको गोदावरीस्थित पञ्चदेवललगायतका मन्दिरमा पनि महिला पुजारी नियुक्त भइसकेको संस्थानले जनाएको छ ।

झालाई एक वर्ष परीक्षणकाल रहने गरी बढीमा पाँच वर्षका लागि नियुक्त गरिएको हो । लगत दरबन्दीअनुसारको नित्य र पर्व पूजाबापतको खर्च पाउने गरी नियुक्त गरिएको संस्थान शाखा कार्यालय काठमाडौँका प्रमुख सुवेदीले जानकारी दिए ।

सहनशीलाले अब असनमा अन्नपूर्ण नारायण गुठीअन्तर्गतका वार्षिक पूजाहरू गर्नुपर्नेछ । यद्यपी उनले मन्दिरमै बसेर दैनिक पूजा भने गर्ने होइन।

दुई दशक विभिन्न पत्रपत्रिकामा काम गरेपछि अहिले उनले आफ्नै मिडिया हाउस खोलेर चलाई रहेकी छन्।