पोखराकी एलिना गुरुङ बनिन नेपालको पहिलो ‘नेपाल स्टार’

everest kitchen

काठमाडौं । नेपालको पहिलो ‘नेपाल स्टार’ पोखराकी एलिना गुरुङ बनेकी छिन । नेपाल टेलिभिजनमार्फत प्रशारित सिङ्गिङ रियालिटी ‘शो’ नेपाल स्टारको उपाधि एलिनाले जितेकी हुन् ।

उपाधिसँगै उनले ३५ लाख नगद पुरस्कार पनि पाएकी छन् । ‘शो’को फाइनलमा पुगेका लक्ष्मण लिम्बु, सुरेश लामा र सन्देश लामा उपविजेता बनेका छन्। तीन उपविजेताले जनही ५ लाख रुपैयाँका दरले नगद पुरस्कार पाएका छन् ।

‘शो’को विजेता एलिनाले १ करोड रुपैयाँ बराबरको इन्सुरेन्स पोलिसी पनि पाएकी छन् भने अन्य तीप उपविजेताले पनि ५० लाख रुपैयाँ बराबरको पोलिसी पाएका छन् ।