नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ

everest kitchen

कञ्चनपुर । सशस्त्र प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह राना रहेका छन् । उनीहरु नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित शनिबार साँझ पक्राउ गरेको प्रहरी जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारवाहीका लागि प्रहरीलाई बुझाइएको छ ।