काभ्रे कल्याणकारी समाज मलेसियाको नयाँ कार्यसमिति

everest kitchen

काठमाडौं । काभ्रे कल्याणकारी समाज मलेसियाको नयाँ कार्यसमिति चयन भएको छ । जनवरी ३० तारिख शनिवारका दिन अनलाईन जुम भर्चुअल मार्फत सम्पन्न समाजको तेस्रो वार्षिकोत्सव तथा साधारण सभाबाट १४ सदस्य कार्यसमिति चयन भएको हो ।

कार्यसमिति सर्वसहमत रुपमा चयन हुनेहरूमा बोर्ड अध्यक्ष:-गणेश थिङ तामङ, अध्यक्ष:-सोनाम मोक्तान, बरिस्ठ उपाध्यक्ष:-दिनेश थिङ तामाङ, प्रथम उपाध्यक्ष:-मिलन दोङ तामाङ, दृतिय उपाध्यक्ष:-नवराज मैनाली, महासचिव:-चलाख सिङ तामाङ, सचिव:-छेवाङ पाख्रिन तामाङ, कोषाध्यक्ष:-पासाङ पाख्रिन तामाङ, सह-कोषाध्यक्ष:-अम्बर तामाङ रहेका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा जगत दोङ, बिजय थिङ, संग्राम मोक्तान ,अर्जुन मोक्तान ,भिम वाईबा, मिना लामा रहेका छन् ।

त्यस्तै सभाले ६ सदस्य सल्लाहकार समिति पनि चयन गरेको छ । सल्लाहकारहरु समितिमा मिलन शाही ठकुरी(वरिष्ठ सल्लाहकार) र अम्बर बहादुर वाईवा ,भोज दोङ तामाङ, गुनमान मोक्तान, बिजय दोङ, संसार घिसिङ सल्लाहकारका चयन भएका हुन ।