भोजपुरका राजु तामाङ मलेसियामा बेपत्ता

everest kitchen
बेपत्ता राजु तामाङ

काठमाडौं । भोजपुरको राम प्रसाद राई गाउँपालिका -५ का ३० बर्षका राजु तामाङ मलेसियामा बेपत्ता भएका छन ।हाल पोखरामा बसोबास गर्दै आएका ३० बर्षीय राजु जनवरी ९ देखि सम्पर्क बिहिन भएका हुन ।

करिब ७ वर्षअघि रोजगारीको लागि मलेसिया पुगेका राजु गत जनवरी ९ देखि एक्कासि सम्पर्क बिहिन भएको उनका माईला दाई तिलोचन तामाङले जानकारी दिए । उनका अनुसार राजु मलेसियामा अवैधानिक रुपमा बसेको र हाल मलेसियाको सेलोङ्गर ,सुवाङ्ग जया स्थित एक कम्पनीमा कार्यरत थिए । गत जनवरी ८ तारिखमा कम्पनीसंग तलब लियर अन्यत्र काम गर्ने तयारीमा रहेका राजु एक्कासि बेपत्ता भएको आफन्तले बताएका छन् ।

बेपत्ता राजुका दाजु तिलोचनका अनुसार राजु संगै काम गर्नेहरुसंग बुझ्दा “उनी दुर्घटनामा परेको र भारतीय मुलका मलेसियनको बाईकमा चढेर अस्पताल गएको अपुष्ट जानकारी दिएका थिए । यद्यपि राजु हाल कार्यरत कम्पनीको पुर्ण जानकारी परिवारलाई नभएकोले मलेसियामा रहेका नेपाली समाजसेवी फुर्वा दोर्जे मोक्तानलाई थप बुझेर दुतावासमा जानकारी दिन परिवारले अनुरोध गरेको बताए ।

साथै राजु तामाङको बारेमा कोही कसैलाई जानकारी भएमा उनका दाजु तिलोचन तामाङ(श्याम लामा) ९८५६०३८२७५ , ९०६७५३५५७ लाई जानकारी दिन अनुरोध गरिएको छ ।