सोनाम ल्होछारको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम हुने

everest kitchen

सविन कुमार लोप्चन तामाङ

हेटौंडा । २८५७ अौं लाङ ल्हो (गाई वर्ग) सोनाम ल्होछारको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रमलाई मकवानपुर तामाङ कलाकार संघ, हेटौंडामा आयोजना गर्न लागेको हो ।

भाषा , धर्म, संस्कार, संस्कृतिको उत्थान गर्ने हेतुले २८५७ अौं लाङ ल्हो (गाई वर्ग) सोनाम ल्होछारको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम गर्न लागेको आइतबार हेटौंडामा एक पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । आयोजकका अनुसार कार्यक्रम विभिन्न कला, संस्कृतिको प्रस्तुति र प्रदर्शन हुनेछन् ।

कार्यक्रममा विभिन्न कलाकारहरुले तामाङ समुदाय सम्बन्धिका विभिन्न प्रस्तुतिहरु दिनेछन् भने तामाङ समुदाय भित्रका विभिन्न व्यक्तित्वको उपस्थिति रहने आयोजकले जनाएको छ ।