पार्टी आधिकारिकताकोमा षड्यन्त्र हुँदै छ : नेपाल

everest kitchen

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट केही मान्छेहरु चोइटिएर गएको जिकिर गरेका छन् । सोमबार बबरमहलस्थित कार्की बैंन्क्वेटमा बसेको केन्द्रीय कमिटीको चौंथो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुुराको जिकिर गरे ।

साथै, उनले पार्टीको आधिकारिकताको विषयमा षडयन्त्र हुँदै आएको पनि दाबी गरे । साथै उनले जसले अध्यक्षता ग्रहण ग¥यो उही वरियतामा पहिलो हुने दाबी गरे ।

उनले भने, ‘नेकपामा ओली प्रवत्ति हावी भएपछि नेकपा विभाजन भएको हो, अझै पनि पार्टीमा ओलीको जस्तै गल्ती दोहोरियो भने पार्टी सकिन्छ ।’ उनले थपे, ‘त्यसैले हामीले ओली प्रवृत्तिका विरुद्ध लड्नुछ । त्यस्तो गल्ती दोहो¥याउनु हुँदैन ।’