एपीएफ क्लबको उदयपुर विरुद्ध २२ गोल, साम्बा एक्लैको १२ गोल

everest kitchen

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले महिला राष्ट्रिय लिगमा गोलको वर्षा गरेको छ। सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफले चौदण्डीगढी नगरपालिका उदयपुरमाथि २२-० को फराकिलो अन्तरको जित हात पारेको हो।

लगातार छैटौं खेलमा जित हात पारेको एपिएफका लागि उत्कृष्ट लयमा देखिएकी सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले १२ गोल गरिन्। साम्बाले पहिलो हाफमा पाँच गोल गरिन् भने दोस्रो हाफमा ७ गोल गरिन्।

त्यस्तै, एपिएफका लागि अनु लामाले ५ गोल गरिन् भने अनिता बस्नेतले ह्याट्रिक पूरा गरिन्। यस्तै, सरु लिम्बु र रेनुका नगरकोटीले थप १-१ गोल गरे।

लिगको शीर्ष स्थानमा रहेको एपिएफले लगातार ६ जित निकाल्दै १८ अंक जोडेको छ भने अंकबिहीन चौदण्डीगढी अंक तालिकाको पुछारमा छ।