आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा प्रचण्ड–नेपाल पक्ष

everest kitchen

काठमाडौं । नेकपा प्रचण्ड,नेपाल समूहले निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेश गरेको छ ।                                                                                      अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसहित मंगलबार    आयोग पुगेको नेकपाको समूहले २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित औपचारिक रूपमा वैधानिकताको दाबी गरेको हो ।

राजनीतिक दलसम्बन्धीको दफा ४४ आधार मानेर आफूहरुले पार्टीको आधिकारिताको दाबी गरेको नेताहरुले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले पुरानो ४ सय ४१ केन्द्रीय सदस्यलाई आधिकारिक मानेको भएकाले हामीले पुनः २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित आफूहरूले दाबी पेश गरिएको हो ।

आयोगमा केपी ओलीलाई साधारणसदस्यसमेत नरहने गरी कारबाही गरेको र महासचिव विष्णू पौडेललाई पदबाट हटाएको जानकारीसमेत गराएका थिए ।