आज मलेसियामा सबै भन्दा बढि २१ जना बिरामिकाे निधन

everest kitchen

 

ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण २१ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ७९१ जना रहेका छन् । यो हालसम्मकै उच्च सङ्ख्या हो ।

त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३ हजार ४५५ जना रहेकाे छ । मलेसियामा हालसम्म २ लाख २२ हजार ६२८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ३ हजार ६६१ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये १ लाख ७३ हजार ९९० जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल ४७ हजार ८४७ जनामा सक्रिय संक्रमण रहेको छ ।