अनेरास्ववियुको देशभर आधा घण्टा चक्काजाम

everest kitchen

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल निकट अनेरास्ववियूले आज देशभरका क्याम्पस अगाडि आधा घण्टा चक्का जाम गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको प्रतिनिधि सभा विघटनको निर्णयलाई ‘ प्रतिगमनकारी कदम ‘ भन्दै आन्दोलनरत अनेरास्ववियूले आज चक्काजाम सहित विरोध प्रदर्शन गरेको हो ।

बस्नेतले प्रधानमन्त्री स्वयं आन्दोलन र जनप्रदर्शनमा उत्रिएको घटनालाई दुनियाँमा काहीँ नभएको जात्राको संज्ञा उनीहरूले दिएका छन् । सर्वत्र घेराबन्दीमा परेपछि अत्तालिएका ओली आफैं पञ्च र्यालीको शैलीमा सडक जनप्रदर्शनमा उत्रिएको विद्यार्थी नेतालेहरुको टिप्पणी छ ।’

अनेरास्ववियूले उपत्यकाको आरआर , शंकरदेव , मिनभवन , सानोठिमी , अस्कल , किर्तिपुर , पशुपति , पाटन , ताहाचल , पुल्चोक , थापाथली , ग्रामिण आदर्श लगायतका कलेज अगाडि आधा घण्टा चक्काजाम र विरोध प्रदर्शन गरेको अनेरास्ववियूका नेता पवन कार्कीले जनाए ।