आफूहरू आधिकारिक भएको भन्दै प्रचण्ड-माधवलाई पार्टीमा फर्कन थापाको आग्रह

everest kitchen

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका हाल ओली समुहमा लागेका गृहमन्त्री रामबहादुर थापाले आफुहरु प्रमुख पार्टी भएको र राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन् ।

बुधबार अखिल नेपाल टेड्र युनियन महासंघको सातौ भेलालाई सम्बोधन गदैृ उनले आफुहरु एकताबद्ध भएर अघि बढ्ने अभियानमाा लागेको भन्दै प्रचण्ड–माधव समूहलाई आत्मालोचना गरी पार्टीमा फर्कन आह्वान गरेका छन् । त्यस्तै उनले आफुहरु नै आधिकारीक नेकपा भएको भन्दै निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए ।

गृहमन्त्री थापाले विघटित प्रतिनिधिसभा बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको र राष्ट्रपतिमाथि अभियोग लगाउने तयारी भएपछि मुलुकलाई संकटबाट बचाउन ताजा जनादेशमा जाने निर्णय भएको बताए ।