संवैधानिक निकायको नियुक्तिमा कांग्रेसको आपत्ति

everest kitchen
photo file

काठमाडौं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति तथा सपथ ग्रहणको नेपाली कांग्रेसले विरोध गरेको छ। संवैधानिक परिषद र संवैधानिक निकायमा भएको सिफारिसको विवाद यथावस्थामै रहिरहँदा सरकारले संवैधानिक आयोगको नियुक्तिलाई पूर्णता दिएको हो ।

कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको सपथ ग्रहणले विधिको उल्लंघन गरेकाले यसमा पार्टीको विमति रहेको जनाएको छ। काङ्ग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले एक सुचना जारी गरि विरोध जनाएका हुन ।

बुधबार अख्तियार प्रमुखसहित संवैधानिक निकायमा आफूनिकट विभिन्न पदाधिकारीलाई शितल निवासमा सपथ ग्रहण गराइएको थियो । उक्त निर्णयको चौतर्फी बिरोध भइरहेको छ ।