गाउँपालिका अध्यक्ष देखि सांसदसम्म सडकमा

everest kitchen

मनहरी । प्रचण्ड माधव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले आह्वान गरेको आम हडतालको प्रभाव मकवानपुरको पश्चिम क्षेत्रमा पनि परेको छ ।

जिल्लाकै दोस्रो ठुलो व्यापारिक केन्द्रको रुपमा रहेको मनहरीमा नेकपाका नेता तथा कार्यकर्ता सडकमा छन । मनहरीमा राजमार्ग सवारी आवतजावतमा रोक लगाउनका लागि सांसददेखी गाउँपालिका अध्यक्ष सम्म सडकमै छन ।

बागमती प्रदेश सभा सदस्य तथा नेकपाका प्रदेश सदस्य ओम घलान, कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मोक्तान बन्द सफल पार्न सडकमा उत्रिएका छन् । त्यस्तै संविधान सभा सदस्य गोविन्द राम चेपाङ, नेकपाका प्रदेश सदस्य बिरबहादुर घलान, जिल्ला सचिवालय सदस्य बनस्तम थिङ लगायत नेता कार्यकर्ता बन्द सफल पार्न खटिएका छन् ।

मनहरीमा अहिलेसम्म कुनै हिसांत्मक गतिबिधि नभएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।