विश्व महिला खुल्ला कविता प्रतियोगिता, बिजेताले पाँच सय अमेरिकी डलर पाउने

everest kitchen

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिले विश्व महिला खुल्ला कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ। समितिको सन्योजक उर्मिला निर्दोषीले अनेसासको इतिहासमा यो पहीलो बीश्व महिला प्रतियोगिता हुन लागेको जानकारी दिइन ।

अन्तर्राष्ट्रिय महिला दिवशको अवशर पारेर आयोजना गर्न लागिएको यो प्रतियोगिता “ सन्तुलन र साथै स्वच्छ समाज निर्माणमा“ महिलाका सृजनाहरू र सोचहरूका बीषयहरूले समाजमा महत्वपूर्ण भूमिका खेल्ने र यो आवश्यक भएको कुरा पनि समितिको सन्योजक उर्मिला निर्दोषीले बताइन ।

कविता मा २० मार्च २०२१ सम्ममा प्राप्त भइसक्नु पर्नेछ । प्रतियोगिताका लागि दुई सय शव्दसम्मको कविता पठाउन समितिले अनुरोध गरेक छ। महिला जनजीवन माथि लेखिएको कवितालाई विशेष प्राथमिकता दिइने बताएको । प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच सय अमेरिकी डलर र सम्मान-पत्र प्रदान गरिने छ भने द्वितीय र तृतीय हुने कवितालाई क्रमशः तीन सय र दुई सय अमेरिकी डलर र सम्मान-पत्र प्रदान गरिने छ।

प्राप्त कविताहरू मध्येबाट निर्णायक समितिले छनोट गरेको उत्कृष्ट कवितालाई १८ अप्रिलमा आयोजना गरिने कार्यक्रममा वाचन गराइने आयोजकले जनाएको ।