बैतडिमा निर्मला पन्त सम्झाउने घटना, एक किशोरिको दर्दानाक निधन

everest kitchen

बैतडी। बैतडीमा बिहीबार एक किशोरीको दर्दानाक तरिकाले ज्यान लिएको अवस्थामा जंगलमा शव फेला परेको छ। दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव फेला परेको हो।

ती किशोरीको शव स्थानीय लवलेक जंगलमा दर्दानाक तरिकाले ज्यान लिएको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए। बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव फालिएको अवस्थामा फेला परेको हो। उनले भने, ‘शरीरभरि निलडाम र घाउ छन्, कपडा पनि च्यातिएको छ।

केही दिनदेखि २/४ जना भागीरथीलाई उनका केटा साथीहरूले मोटरसाइकलमा विद्यालय लैजाने–पुर्‍याउने गर्दै आएका आफन्तले बताएका छन्। ती केटाहरूमाथि नै शंका गरेका छौं, उनले भने, ‘किटानी जाहेरी दिन्छौं, संलग्नलाई कडा कारबाही माग गर्दछौ ।

ती किशोरी बुधबारसम्म विद्यालयमा उपस्थित भएकी सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताए। किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्।

घटनास्थलकै प्रकृति हेर्दा शंकास्पद भएको घटनास्थलमा खटिएका प्रहरीले बताएको छ । संलग्नलाई कानुनी दायरामा नल्याउँदासम्म घटनानस्थलबाट शवसमेत नउठाउने आफन्तले बताएका छन्। घटनाको विस्तृत अध्ययन गर्न धनगढीबाट तालिमप्राप्त कुकुरसमेत मगाइसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।