म्यानमारको सैनिक शासकले फेसबुकमा रोक

everest kitchen

ऐजेन्सी । लोकतान्त्रिक सरकारलाई हटाएर सत्ता कब्जा गरेको म्यानमारको सैनिक शासकले फेसबुकमा रोक लगाएको छ ।

अनलाइन सूचना प्राप्तिका लागि सामाजिक सञ्जाल माध्यम बनेकाले देशमा स्थायित्व कायम राख्न फेसबुकमा रोक लगाइएको अधिकारीहरूले जनाएका छन् ।

सोमबार भएको सैनिक ‘कु’पछि अधिकांश नागरिकले फेसबुककै माध्यमबाट आफ्नो विरोध दर्शाउने गरेका थिए । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार फेब्रुअरी ७ सम्म फेसबुक चलाउन रोक लगाइएको हो । झन्डै साढे ५ करोड जनसंख्यामध्ये आधाले फेसबुक चलाउँछन् भने सैनिक ‘कु’विरुद्ध ऐक्यबद्धता जनाउन फेसबुक पेजै तयार पारिएको थियो ।

कुनै महँगो मोबाइल डाटा प्रयोग गर्न नपरोस् भनेर फेसबुकले म्यानमारमा बिनाकुनै अतिरिक्त डाटा शुल्क यसलाई प्रयोग गर्ने अनुमति दिएको छ ।    फेसबुकले सैन्य शासकद्वारा लगाइएका प्रतिबन्धको पुष्टि गर्दै त्यहाँका अधिकारीहरूलाई सम्पर्क पुनःस्थापना गर्न आग्रह गरेको छ । यसो गरे मात्र म्यानमारका जनताले साथीभाइ र परिवारसँग कुराकानी गर्न र महत्वपूर्ण सूचना पाउन सक्ने फेसबुकले जनाएको छ ।