युवतीमाथि गलत क्रियाकलाप गरेको आरोपित एनआरएन जोहोरका सचिवको राजिनामा

everest kitchen
अर्जुन सिंह “अनुरागी”

काठमाडौं । एक नेपाली युवतीमाथि य ौन उत्पीडनको आरोप लागेका गैरआवासीय नेपाली संघ ,जोहोरबारु मलेसियाका सचिव अर्जुन सिंह “अनुरागी”ले संस्थाबाट राजिनामा दिएका छन् ।

शुक्रबार संस्थाले एक प्रेस विज्ञप्ती निकाल्दै अनुरागी अब देखि संस्थामा नरहेको र उनले राजिनामा दिएको जानकारी दिएको छ । अव्यभारीक र मानहानीको विवादमा पर्नु भएको र उक्त विवाद मलेसियन प्रशासनसम्म पुगेको जानकारी भएसंगै जोहोर क्षेत्रीय कार्य समितिको जनवरी ३० मा बसेको संस्थाको निर्णय अनुसार उनले राजिनामा दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै उनको नाम संग जोडि सस्थाको गलत प्रयोग भएमा सस्थाले जिम्मेवार नलिने पनि जनाएको छ ।

अनुरागीले ती युवतीलाई ह्वाट्सपमा गलत म्यासेज गरेर युवतीलाई सताएको प्रशासनमा दिएको निवेदनमा उल्लेख भएको बताएको छ । यद्यपि अनुरागी यसअघि आफुलाई संस्था भित्रकै मान्छेबाट धम्की आएको, आफू असुरक्षित रहेको उल्लेख गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।