मलेसियामा अलपत्रमा अवस्थामा फेला परेका धर्ती १३ वर्षपछि स्वदेश फर्किए

everest kitchen
खादामा धर्ति। साथमा फुर्वा दोर्जे मोक्तान

काठमाडौं । मलेसियामा अलपत्रमा अवस्थामा फेला परेका चितवनका धर्ती तामाङ १३ वर्षपछि स्वदेश फर्किएका छन् । उनी मलेसियामा रहेका कलाकार तथा समाजसेवी फूर्वा दोर्जे मोक्तानको पहलमा घर फर्किएका हुन ।

चितवन जिल्ला साबिक लोथर गा.वि.स-३ हाल राप्ती नगरपालिका-२ का स्थायी बासिन्दा धर्ति तामाङ थिङ मलेसियामा केही समयदेखि मानसिक समस्या रहेर अलपत्र अवस्थामा थिए । धर्तीलाई मलेसियाको राजधानी क्वालालम्पुर स्थित एक बस स्टेसनमा वेवारिरे अवस्थामा फेला पारेर फूर्वाले उद्धार गरि आफूसँगै राखेका थिए ।

करिब दुई महिनासम्म नेपाल तामाङ घेदुङ मलेसियाका सल्लाहकार समेत रहका समाजसेवी फूर्वाको संरक्षणमा रहेका धर्तीको स्वास्थ्यमा सुधार आएसंगै जापानमा रहेकी रामेछाप ठोसे गोकुल -८ निवासी सुनमाला रुम्बा तामाङले टिकट रकम उपलब्ध गराएपछि उनी स्वदेश फर्किएका हुन । स्वदेश फर्किन आवश्यक कागजात तथा खर्च रकम सबै फुर्वाको पहलमा व्यवस्थापन गरि नेपाल तामाङ घेदेङ मलेसियाले उनलाई बिदाई गरेको थियो ।

सन २००७ मा वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया आएका धर्ति म्यानपावरले भनेअनुसारको तलब सुबिधा कम्पनीबाट नपाएपछि अबैधानिक हैसियतमा काम गर्दै आएका थिए। करिब २ बर्ष अघि काम गर्ने क्रममा एक्कासि बिरामी परेका उनमा मानसिक समस्या देखिन थालेको थियो । त्यसयता उनको मानसिक सन्तुलनमा समस्या रहदै आएको बताएको छ ।

धर्ती शनिबार नेपाल एयरलाईन्स मार्फत स्वदेश फर्किएका छन् । काठमाडौंमा उनलाई लिन उनका परिवार नआएपछि फूर्वाको पहलमा काठमाडौंबाट चितवन सम्म सार्वजनिक यातायातमा टिकटको व्यवस्थापन गरेर गाउँ पठाएको र उनको बारेमा स्थानीय जनप्रतिनिधि अर्जुन प्रज्ञालाई जानकारी दिएको फूर्वाले बताए ।