देशभर २४ घण्टामा ९९ मात्रै थपिए

everest kitchen

काठमाडौं । गएको २४ घण्टामा देशभर ९९ जना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमित १९५९ जना रहेका छन् ।

यसैबीच देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ८०६ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ६७ हजार ८१२ पुगेको छ । यस्तै मृतकको संख्या २०३५ पुगेको छ ।

हालसम्म कोरोना निको हुने प्रतिशत ९८.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा २७९४ जनाको कोरोना परीक्षण भएको छ भने हालसम्म कुल परीक्षण संख्या २० लाख ९१ हजार १६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।