विजय यादव निर्विज र सरिता साह अभिनित भोजपुरी गीत  ‘मैरेज करव’ सार्वजनिक

everest kitchen

काठमाडौं । चर्चित कलाकार विजय यादव “निर्विज” र सरिता साह अभिनित गीत’ मैरेज करव’ को  भिडियाे टि-सीरीजबाट सार्वजनिक भएको छ

गायीका सेलिना कुँवर र रौतहटको फातुवा विजयपुर नपाको सन्तपुर निवासी एवंम तराई मधेशका पहिलो फिल्म स्टडिजमा स्नातक गरेका प्रदेश नं. २ का गायक कलाकार विजय यादव निर्विजको स्वर रहेको  भोजपुरी गिति एल्वम ‘मैरेज करब’ सार्वजनिक भएको हो ।

नेपालको तराई मधेस, भारतको विहार, युपी, झारखण्डका साथै मरिसस लगायतका ठाउँमा भोजपुरी गीत, संगित, फिल्मको प्रभाव अत्याधिक रहेको छ । केही समय यता नेपाली कलाकारहरु पनि भोजपुरी भाषामा उत्कृष्ट गित संगित रेकड गर्न थालेको छन । यो गीतको सम्पूर्ण काम मुम्बईमा भएको छ।

केही महिना पहिला टि—सिरिजद्वारा निर्विज प्रोडक्सनको पहिलो गिति एल्वमको पहिलो गित ‘रुपवा सलोना’ भन्ने  गीत सार्वजनिक गरिएको थियो उक्त गीत दर्शकले रुचाएकोमा यो गीत पनि रुचाइने आशा रहेको  निर्विज प्रोडक्सनका सिईओ रचना सिवाकोटीले बताईन् ।

गीतमा आजाद सिंहको शब्द रहेको छ भन्ने पछिल्लो समय नेपालको भोजपुरी संगितमा चर्चित रहेका संगितकार संतोष राजको संगित रहेको छ । अर्जुन बीसीको निर्देशन, रामशरण उप्रेतीको क्यामेरा, मैनेजर मदन श्रेष्ठले निर्माण रहेको छ । यस्तै सिवाकोटीले साहक निर्देशक पनि गरेकी छन् ।