कानु पत्रकार संघ बाराको अध्यक्ष अजय साह चयन

everest kitchen

बारा । कानु पत्रकार संघ बाराको अध्यक्षमा अजय साह”कानु” चयन भएका छन् । बाराको महागढिमाइ नगर पालिकाको उप मेयर तारा देबि साह “कानु”को प्रमुख आतिथ्यमा शुक्रबार ९ सदस्य कार्यसमिति चयन भएको हो ।

कानु समाजको पत्रकारितामा प्रभावकारी भूमिका निर्भाह गर्ने र समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने हेतुले संघको निर्माण गरिएको संघले जनाएको छ ।

नवनिर्मित संघमा अध्यक्ष अजय साह, उपाध्यक्ष नरेश गुप्ता सचिव श्री कान्त गुप्ता, सह सचिव रमेश साह
सदस्यहरु पुजा गुप्ता ,अनिल गुप्ता , रन्जु साह र प्रणय गुप्ता रहेका छन् ।

कार्यक्रममा पत्रकार महासंघ प्रदेश २ का सदस्य सिकेन्द्र पासवानको पनि विशेष उपस्थिति रहेको थियो ।