महासंघका उपाध्यक्ष तामाङको बिदाई कार्यक्रम सम्पन्न

everest kitchen

 

नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष तथा नेपाल तामाङ घेदुङ मलेसियाका प्रमुख सल्लाहकार फुर्वा दोर्जे तामाङ मलेसिया बसाईलाई बिट मारेर नेपाल फर्किने भएपछि महासंघ र घेदुङले संयक्तु रुपमा एक कार्यक्रम गरि बिदाई गरेको छ ।
महासंघको कार्यालयमा भएको बिदाई कार्यक्रममा एनआरएन मलेसियाका बरिष्ठ उपाध्यक्ष सुन्दर आले, नेपाल तामाङ घेदुङका सल्लाहकार पासाङ तामाङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष दीलकूमार केरुङ लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अतिथिहरुले तामाङलाई आगामि जीवनको लागि शूभकामना दिएका थिए भने कार्यक्रममा कुशल कौशलले पनि बिदाई भएर जाने तामाङलाई शूभकामना व्यक्त गर्नुभएको थियो ।
बिदाई भएर जाने फूर्वा दोर्जे तामाङले मलेसिया बसाईको क्रममा आफूले पैसा कमाउन मात्र नभएर सकेसम्म सामाजिक कार्य पनि गरेको र मलेसिया बसाईको क्रममा आफूलाई सहयोग गर्नु सबैलाई धन्यवाद दिदै आगामि दिनमा पनि सामाजिक कार्यमा सक्रिय रहने बताउनुभयो ।
कोरोना कहरले गर्दा एकदमै सिमित व्यक्तिहरु मात्र उपस्थित कार्यक्रममा आदिवासी जनजाति महासंघको तर्फबाट अध्यक्ष बिपीन राई तथा नेपाल तामाङ घेदुङको तर्फबाट छेवाङ पाख्रिनले शूभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासंघका महासचिव बिक्रम वाइबा तामाङले गर्नुभएको थियो ।