मुखमा कालो टेप र हातमा कालोपट्टी बाँधेर सभामा सम्बोधन गरिन रामकुमारीले, राष्ट्रपतिलाई जवाफ

everest kitchen

काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री यतिबेला सामाजिक सञ्जालमा ‘हट केक’ बनिरहेकी छिन् । गोरखा पुगेर राष्ट्रपतिमाथि गरेको टिप्पणीपछि उनलाई पक्राउका लागि प्रहरी प्रशासन तयारी अवस्थामा बसेको छ ।

उनी उपत्यका छिनेबित्तिकै पक्राउको तयारी गरिरहेको हल्ला चलेको थियो । तर, प्रचण्ड–नेपाल समूहले राजधानीमा अयोजना गरेको विरोध सभामा उनी उपस्थित भइन् ।

उपस्थित मात्र भइनन् । उनी कार्यक्रममा सम्बोधन गर्ने वक्ता पनि बनिन् । सम्बोधनको शैली र उपस्थितिको शैली पनि उनको अरु नेताहरुको भन्दा फरक रह्यो । सम्बोधन गर्न मास्क लगाएर मन्चमा पुगेकी झाँक्रीले मुख खोलेपछि उनीमाथि झनै धेरैले ध्यान राखेर हेरेका छन् । उनले मास्क खोल्दा उनको मुखमा कालो टप लगाइएको थियो ।

उनले कालो टेप खोल्दै गर्जिन्, ‘बोल्न पाइन्छ । हामी बोल्न जन्मिएका हौं ।’ झाँक्रीको हातमा कालोपट्टी पनि बाँधिएको थियो।

मञ्चबाट झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध विवादमा परेको उनको केही दिनअघिको अभिव्यक्तिबारे स्पष्टीकरण दिइन् । ‘संस्थाको कुनै लिंग हुँदैन । त्यो सार्वजनिक हुन्छ । प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ ।’

झाँक्रीले प्रतिगमन मुर्दावाद लेखिएको कपडा शरीरबाट निकालेर फालेकी थिइन् । उज्यालो नेटवर्क