प्रचण्डले केपी ओलीलाई भने, “देख्नु भयो सभा कस्तो हुँदो रहेछ?”

everest kitchen

काठमाडौं । बुधबार काठमाडौं आयोजित विशाल जनसभामा बोल्दै प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिँदै सभा कस्तो हुँदोरहेछ देख्नुभयो नि? भनेर प्रश्न गरेका छन् ।

बुधबार राजधानीमा आयोजित विरोध सभामा बोल्दै प्रचण्डले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुँदोरहेछ?’ आजको सभामा करिब पाँच लाख मानिसको उपस्थिति रहेको बताउदै । उनले आजको सभालाई सर्वोच्च अदालतका न्यायाधीशले पनि देखेको हुनुपर्ने भन्दै अदालतले न्याय दिन अपेक्षा गरे।

केही समय अघि कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलिले आमसभा कस्तो हुन्छ ?, २३ गते हेर्नु भन्दै एक कार्यक्रममा अभिव्यक्ति दिएका थिए । सोही अनुसार माघ २३ गते अामसभा गरेका थिए । उनको आमसभा करिब २०-३० हजारसम्म मानिस उपस्थिति भएको दाबी गरिदै आएको छ ।