केपी ओलीले पदसंग संविधान साटे : जनार्दन शर्मा

everest kitchen

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले केपी प्रवृत्ति यहाँसम्म आइपुग्नुको खोजी हुनेपर्ने तर्क गरेका छन् । साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पदसँग संविधान साट्न खोजेको बताएका छन् ।

प्रचण्ड–नेपाल समूहले काठमाडौंमा अयाोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता शर्माले भने,‘संविधान पदसँग साटिन सक्छ ? संघीयता शनकमा खारेज हुन सक्छ रु हाम्रो उद्देश्य हाम्रो संविधान र संघीयता जोगाउने हो ।’

साथै उनले अघि भने, ‘जनताको सेवा नगर्ने संरचनाको परिणाम हामीले भोगिरहेका छौं । त्यसैले अब परिवर्तनमा सहभागी हुनुपर्छ । नयाँ कूलमानहरुलाई नियुक्ती गर्नुपर्छ ।’

संविधान र संघीयता विरोधीहरुको पतन हुने उल्लेख गर्दै भने, ‘जनताको आवाज नसुनिए शान्तिपूर्ण आन्दोलन विद्रोहमा परिणत हुन सक्छ । जनताले विद्रोह गरे संविधान र संघीयता विरोधीहरुको पतन हुनेछ ।’

उनले अधिकार रक्षाका लागि जनता विद्रोहमा उत्रिने अवस्था आउनसक्ने बताए । सडकबाट संघीयता खारेज हुन नसक्ने बताउँदै प्रतिगमनविरुद्ध सबै जनता जाग्नुपर्ने बताए ।उज्यालो नेट