प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने? : गगन थापा

everest kitchen

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले प्रश्न गर्नेहरूलाई झ्यालखानामा राखेर तर्साउन खोजेको भन्दै आपत्ति जनाएका छन्।

प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।

झाँक्रीको पक्राउपछि थापाले ट्वीट गर्दै ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति,’उनले लेखेका छन्।
‘सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’उनले थप लेखेका छन् ।

नेता झाँक्रीले यसअघि गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीको आलोचना गरेकी थिइन्।