उजुरी बिना पक्राउ परेकी रामकुमारी झाँक्री रिहा

everest kitchen
photo file

काठमाडौं। प्रचण्ड- नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्री रिहा भएकी छन्। श्रीमान पशुपति पुरीको रोहवरमा उनलाई छाडिएको हो। उनलाई प्रहरीले मुलुकी अपराध फौजदारी संहिता ऐन, २०७४ को राज्यविरूद्धको कसूर अन्तर्गत दफा ५८ बमोजिम पक्राउ गरेको थियो।

झाँक्रीको बयान उदृत गर्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाका अनुसार उनले ‘संवैधानिक राष्ट्रपति प्रतिको सम्मान हिजो आज र भोलि उत्तिकै रहनेछ। यो चाहिँ नेपालको प्रचलित कानुनको पालना गरेर अभिव्यक्ति स्वतन्त्रताको हत, राजनीतिक स्वतन्त्रताको हक प्रयोग मात्रै बोलेकी हुँ। अरू केही गरेको होइन,’बयान दिएकी थिइन्। बयानपछि मुद्दा चलाउनुपर्ने आवश्यकता नरहेको भन्दै छाडिएको थापाले बताए।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्धहरुको कारबाहीको माग आएपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीको निर्देशन पक्राउ गरिएको बताएको छ । राज्य सत्ताको शक्ति देखौन उनलाई पक्राउ गरिएको बताएको छ।

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आज बिहान गिरफ्तारी दिएकी थिइन् ।