उपत्यकाका विभिन्न क्षेत्रमा शनिबार र आइतबार दिउँसो विद्युत् अवरुद्ध हुने

everest kitchen

 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न क्षेत्रमा फागुन १ गते शनिबार र २ गते आइतबार दिउँसो विद्युत् बन्द गर्ने भएको छ।

बानेश्वर वितरण केन्द्रले दिएको जानकारीअनुसार शनिबार बिहान ११ देखि दिउँसो २ः३० बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिनेछ। यस्तै शनिबार नै गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२ः३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १ः३० देखि अपरान्ह ४ः३० सम्म विद्युत काटिनेछ।

कपन फिडर अन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म विद्युत बन्द हुने केन्द्रले जानकारी दिएको छ। सडक विस्तारका कार्य भइरहेको र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द गर्न लागिएको केन्द्रको जानकारी दिएको छ ।