प्रेस युनियनद्वारा पत्रकारको दुर्घटना बिमा

everest kitchen

 

डोटी। नेपाल प्रेस युनियन डोटीले आफ्नो सङ्गठनमा आबद्ध पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा गरेको छ । युनियनमा आबद्ध भएर विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका जिल्लाका ७० पत्रकारको दुर्घटना तथा जोखिम बिमा गरिएको युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।

उनका अनुसार ,“काम गर्ने सिलसिलामा पत्रकार निकै जोखिममा हुने भएकाले हाम्रो सङ्गठनमा आबद्ध पत्रकारको बिमा गरेका छौँ, यसले काम गर्न हौसला मिल्ने छ ।” एशियन लाइफ इन्स्योरेन्स दिपायल शाखामा पत्रकारको रु एक लाख बराबरको बिमा गरिएको छ । यसअघि युनियनले सङ्गठनमा आबद्ध सदस्यसहित ९२ पत्रकारको कोराना बिमा गरेको थियो ।

जिल्लामा आफ्नो सङ्गठनमा आबद्ध पत्रकारको बिमा गर्ने प्रेस युनियन पहिलो सङ्गठन बनेको छ । प्रेस युनियनमा आबद्ध बिमा गरिएका पत्रकार कुनै दुर्घटनामा परे तत्काल एशियल लाइभ इन्स्योरेन्स दिपायल शाखाबाट बीमित रकम पाउने शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए ।