नेपालमा पहिलोपटक जिप साइक्लिङ

everest kitchen
photo file

झापा । नेपालमा पहिलोपटक आन्तरिक तथा बाह्य पर्यटकका लागि जिप साइक्लिङ भित्रिएको छ। झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेमा स्थापित वाटर किङडम पार्कमा जिप साइक्लिङ पर्यटन उद्यमी राजकुमार संग्रौलाले भित्र्याएका हुन्।

दुई सय मिटर दुरीका दुई वटा विल्डिङमा झुन्ड्याइएको तारमा सर्वसाधारणले साइकल कुदाएर मज्जा लिन सक्नेछन्। एउटा साइकलमा दुई जनाले सयर गर्न सकिनेछ। दुईवटा तारमध्ये माथिल्लो तारमा साइकललाई झुन्ड्याइएको हुन्छ। तल्लो तारमा साइकलको चक्का अडिएको हुन्छ। जिप साइकिलिङ गर्नेले पाइडल मारेपछि तल्लो तारमा अड्याइएको चक्का कुद्छ।

जमिन देखि ५८ फिटमाथि खुला आकासमा बढीमा दुई जनाले एकैपटक सहजै साइकल चलाउन सकिन्छ।

सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गर्ने संकेत दिएपछि उनले सन् २०१९ मा वाटर किङडम पार्क निर्माण सुरू गरेका थिए। यद्यपि पछिल्लो समय कोरोना प्रकोपको मारले पर्यटन वर्ष रद्द हुदा र देशभर लामो लकडाउन हुदा संग्रौलाको उद्योग पनि बन्द थियो ।